Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँमा आगलागी हुँदा ३५ घर नष्ट

0 91

२२ चैत, जुम्ला ।  जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । हिजो राती करिब ९.४५ बजे आगलागी भएको हो ।

जिल्लाको दुर्गम भेगमा पर्ने सो गाउपालिकामा के कति कारणले आगलागी भएको भन्ने खुलेको छैन । आगो अन्य स्थानमा फैलने स्थिति नभएपनि घरमा लागेको आगो भने अझै नियन्त्रणमा आउन नसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । हाल सम्म कुनै मानवीय क्षतिको घटना भने आएको छैन ।

प्रमुख जिल्ला अधिकारी थापाले आगलागी भएको खबर पाउनेबित्तिकै तत्काल उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएको घटनास्थलतिर पठाइसकेको बताउनुभयो ।

पचहत्तर घर भएको मुल्लीमा वर्षायाममा भण्डारण गरिराखेको ३५ घरभित्रको अन्नबाली पनि सखाप भएको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका हाम्रा समाचारदाताले जनाएका छन् । तिला–९ ढिपुगाउँ वर्षायाममा छ महिना बस्ने बस्ती हो । यस समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकाले सबै ढिपुगाउँमा बसेका छन् ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.