Advertisement

डिशहोमको रिचार्जमा इन्टरनेट सित्तैमा

0 438

Advertisement

२२ चैत, काठमाडौँ । डिशहोमका ग्राहकहरुले अब डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा पाउने भएका छन् । डिशहोम फाइबर नेटले सेवा सुरु गरेसँगै डिशहोम फाइबरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले उक्त सेवा पाउने भएका हुन् ।

डिशहोमको रिचार्ज गरी मासिक, त्रैमासिक अर्धवार्षिक वार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पिडको इन्टरनेट निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

डिशहोमका ग्राहकहरुले फ्रि इन्टरनेट सेवासँग आफ्नै मोबाइलमा डिशहोम गो एपमार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरूका साथै भीओडीमार्फत नयाँ–नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्नेछन् । डिशहोम गो वेभमार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन् ।

साथै भीओडीमा हजारौँ घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरुविना अतिरिक्त शुल्क आफ्नै समयमा हेरेर मज्जा लिन सक्नेछन् । डिशहोम फाइबर नेटले हाल बजारमा १० एमबीपीएस, २५ एमबीपीएस र ४० एमबीपीएसका प्याकेजहरु उपलब्ध गराएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.