Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

डिसलाइक फिचर हटाउदै युट्युव, डिसलाइक अभियान चलाउने प्रवृत्ति बढेपछि डाटा लुकाउँदै युट्युव

0 43

२२ चैत, काठमाडौं । लोकप्रिय भिडियो प्लेटफर्म युट्युले आफ्नो एउटा फिचरलाई हटाउने निर्णय गरेको छ । यसले प्रयोगकर्तालाई केही हदसम्म निराश तुल्याउने छ ।

तर भिडियो अपलोड गर्नेहरुलाई भने यो खुशीको खबर हो । केही दिनमा नै युट्युवबाट डिसलाइक बटन गायब छ । युट्युवले ट्वीटरमार्फत यसको जानकारी दिएको हो ।

मिडिया रिपोर्टका अनुसार स्क्रिनमा डिसलाइक अप्सन त रहनेछ, तर प्रयोगकर्तालाई भने कतिले डिसलाइक गरे भन्ने कुरा चाहिँ थाहा हुने छैन । भ्युज र लाइकमा भने कुनै परिवर्तन हुनेछैन ।

तपाईंले अहिले जस्तै त्यसको गणना देख्न सक्नुहुनेछ । यसबाट जानी बुझी नकारात्मक कमेन्ट गर्ने प्रवृत्तिमाथि रोक लाग्ने विश्वास गरिएको छ ।

युट्युवका अनुसार कन्टेन्ट क्रियटरलाई सही प्रतिक्रिया दिनका लागि लाइक र डिसलाइकको विकल्प दिइएको हो । तर केही व्यक्ति तथा समूहले भने बेला बेलामा डिसलाइक अभियान नै चलाउने गरेका छन् ।

यसबाट कन्टेन्ट क्रियटर्स तथा कम्पनीहरुको छवी नराम्रो बनाउने गरिन्छ । प्रयोगकर्ताहरुले यो विकल्पको प्रयोग कन्टेन्टको गुणस्तरका लागि नभएर कन्टेन्ट उपलब्ध गराउनेको विरोध वा निशाना बनाउन प्रयोग गरिरहेका छन् ।

कम्पनीका अनुसार डिसलाइकको आँकडा लुकाउँदा क्रियटर्सलाई निकै फाइदा पुग्नेछ । त्यसो त यो डिसलाइक काउन्ट हटाउने कुरा केवल प्रयोगकर्ताका लागि मात्र हो । किन भने कम्पनीले सबै डेटा संकलन गरेर फेरी पनि क्रियटरलाई आन्तरिक डेटा उपलब्ध गराउनेछ ।

यानि कि कन्टेन्ट क्रियटरले रियलटाइम यसको फिडब्याक पाउनेछन् । यसबाट केवल बिनाकारण विरोध गर्नेहरुलाई निरुत्साहित गर्न मात्र खोजिएको हो ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.