Advertisement

समर्थन फिर्ता गर, राजीनामा आइहाल्छ : प्रधानमन्‍त्री ओली

0 404

Advertisement

२१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले समर्थन फिर्ता लिएमा आफू राजीनामा दिन तयार रहेको बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकसाथ १६५ रणनीतिक सडकको शुभाराम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

मिडियाले मेलम्चीको पानी काठमाडौंमा आएको समाचार नछापेको तर प्रधानमन्त्रीको राजीनामा मागियो भन्दै छापेको भन्दै समर्थन फिर्ता भए राजीनामा दिने बताएका हुन्। ओलीले काठमाडौंमा बढी बिक्ने भनिएका अखबारप्रति आक्रोश व्यक्त गर्दै यस्तो बताएका हुन्।

‘केही चर्चित भनिने ठूलाठूला अखबारले मेलम्चीको पानी काठमाडौंमा आएको देख्दैनन्। प्रधानमन्त्रीको राजीनामा मागियो भनेर लेख्छन्। प्रधानमन्त्रीको राजीनामा आज मात्र मागेको हो र ? मागे पिच्छे म दिन सक्छु त ! एकजनाले होइन, दुई जनाले होइन। एक दिन होइन, दुई दिन होइन। हरेक दिन माग्या छ माग्या छ। ए बाबा हटाउन न त ! समर्थन फिर्ता लिइदेऊ भन्छु, त्यो पनि लिँदैनन्’, ओलीले भने, ‘राजीनामा त हाइहाल्छ नि समर्थन फिर्ता गर न।’

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले ढिलोचाँडो ताजा जनादेशमा जानुको विकल्प नरहेको दाबीसमेत गरेका छन्। ‘संसद्को अंगकणित राष्ट्रको आवश्यकता अनुसार भएन भने ताजा जनादेशमा जानुको विकल्प हुँदैन’, उनले भने। ओलीले जनप्रतिनिधिको थलो संसद्ले देशको आवश्यकता अनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

ओलीले शनिबार एकैपटक १६५ सडकको शिलान्यास गरेका हुन्। उनले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गरेका हुन्। ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

एक सय ६५ निर्वाचन क्षेत्रमा एक-एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरे।

उनले आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक तीन हजार ५१२ किलोमिटर भएको जानकारी दिए। उनका अनुसार ६२८ वटा सडक पुल (झोलुङ्गे) पुलबाहेक निर्माण भएका छन् ।

कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले तीन वर्षमा तीन हजार ५१२ किलोमिटर छ लेनका सडक निर्माण भइरहेको जानकारी दिए। यस्तै तीन हजार ३०० किलोमिटर ग्राभेल सडक, एक हजार ६८६ किलोमिटर नयाँ ट्र्याकका सडक पनि निर्माणका क्रममा रहेको उनले जानकारी गराए।

उनले पूर्वपश्चिम राजमार्गलाई चारदेखि छ लेनसम्म विस्तार गर्न थालिएको बताए। उनका अनुसार प्रतिदिन ६.५ किलोमिटर बाटो निर्माण सङ्घीय सरकारले गरिरहेको छ । समारोहमा सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यको समेत उपस्थिति रहेको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.