Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

जुत्तामा लुकाएको आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ

0 153

२१ चैत, काठमाडौं । जुत्तामा सुन लुकाएर दुवईबाट काठमाडौं आएका एक जनासहित दुई जनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३८ बर्षीय विष्णु भण्डारी र सुन रिसिभ गर्न गएका काभ्रेका कमल कृष्ण केसी छन् ।

फ्लाई दुबईबाट काठमाडौं आएका भण्डारीको साथबाट ५ सय १६ ग्राम सुन बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

सिन्धुपाल्चोकको थाङपालधाप–८ घर भएका भण्डारीबाट सुन रिसिभ गर्न गएका काभ्रे मण्डनदेउपुरका केसीलाई अपराध महाशाखा र विमानस्थल सुरक्षा कार्यालयको टोलीले पार्किङबाट पक्रेको हो ।

भन्सार जाँच गर्दा स्पोर्टस् जुत्तामा लुकाएर ल्याएको चारवटा बिस्कुट र एउटा बाला भेटिएको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.