Advertisement

कांग्रेसकाे माग प्रधानमन्त्री ओलीको राजीनामा,

0 229

Advertisement

 २० चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आगामी सरकारको नेतृत्व लिने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको नेतृत्व दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । प्रतिनिधिसभा पुन:स्थापना भइसकेपछि लामो समय मौन बसेको कांग्रेसले अहिले सरकारमा दाबी गर्ने निर्णय लिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने ओलीको विस्थापनका लागि छिटो निर्णय लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक-पटक भेटेर आग्रह गर्दै आएका थिए । तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र जनता समाजवादी पार्टी गणितीय आधारमा एकढिक्का भएमा कांग्रेसले नेतृत्व लिने वा अरु दलको नेतृत्वमा नयाँ सरकार बनाउन साथ दिने बताउँदै आएको थियो ।

दाहालले कांग्रेस र जसपाले प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा आएका दलहरुबीच सरकार बनाउने एकमत हुनासाथ आफ्नो पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आएका छन् । माओवादी केन्द्रले अहिलेसम्म सरकारबाट समर्थन फिर्ता लिएको छैन ।

पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि साविकको नेकपा विभाजित भएको थियो । जसमा दाहाल, माधव नेपाल र झलनाथ खनाल समूह ओलीको कदमको विरोधमा र ओली आफूले चालेको कदम सही भन्दै आएका थिए । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरिदिएपछि पनि दलहरुबीच ध्रुविकरण जारी छ । सर्वोच्चबाट २३ फागुनमा भएको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.