सिप्रदीको सर्टिफाइड ग्यारेज अब मेलम्चीमा पनि
२० चैत, सिन्धुपाल्चोक । सिप्रदी ट्रेडिङ प्रा.ली. ले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।
टाटा कमर्सियल गाडीका ग्राहकलाई सहज रुपमा आफ्नै स्थानमा सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको जनाएको छ ।
टाटा मोर्टस ग्राहक सेवाअन्तर्गत नेपाल तथा भुटानका कन्ट्री मेनेजर समान्य दास र सिप्रदी ट्रेडिङ ग्राहक सेवाका महाप्रवन्धक सम्देन लामाले संयुक्त रुपमा उक्त वर्कसपको उद्घाटन गरे ।