Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाल समूह एमाले पुनर्गठन अभियान गर्ने तयारीमा

0 109

२० चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि ६ महिना निलम्बन गरेपछि नेता नेपालले आप्नो पक्षमा स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् ।

भोलि विहान एघार बजे बस्ने बैठकले पार्टी पुनर्गठन अभियान घोषणा गर्ने एक नेताले बताए । २ जेठ २०७५ को पार्टी कमिटीहरु कायमै रहनुपर्ने माग गर्दै आएको नेपाल समूहले पछिल्ला दिनमा समानान्तर कमिटी निर्माणलाई नै पार्टी पुनर्गठन भन्दै आएको छ । बिहीबार मात्र माधव नेपाल र सुरेन्द्र पाण्डे पोखरा पुगेर गण्डकी प्रदेशस्तरीय समानान्तर कमिटी घोषणा गरेका छन् ।

प्रदेश सचिवालय देखि जिल्ला इन्चार्ज, अध्यक्ष र सचिव घोषणा गरेको यो समूहले अब अभियानकै घोषणा गर्ने भएको छ । ‘राष्ट्रिय कार्यकर्ता भेलाको निर्णयअनुसार, कमिटीहरु बनिरहेकै थियो । तर, त्यसलाई अभियान घोषणा गरेरै जाँदा सजिलो हुने भयो’, एक स्थायी कमिटी सदस्यले भने । कार्यकर्ता पंक्तिबाट आएको मागअनुसार, अभियान घोषणा गरेर जान लागेको उनले बताए ।

यो समूहले गण्डकी बाहेक भोजपुर, खोटाङ, अर्घाखाँची लगायत जिल्लामा छुट्टै कमिटी घोषणा गरिसकेको छ । अखिल नेपाल महिला संघ, युवा संघ नेपाल र अनेरास्ववियुमा पनि समानान्तर कमिटी घोषणा गरेको छ । तर, कमिटी निर्माणलाई तीव्रता दिनुका साथै राजनीतिक प्रतिवेदन पनि लिएर जाने नेतारुको तयारी छ ।

४–५ चैतको राष्ट्रिय कार्यकर्ता भेला र १३–१४ चैतको केन्द्रीय कमिटी एवम् सांसदहरुको भेलामा प्रस्तुत दस्तावेजलाई थप संशोधन गर्ने र ओलीले सोधेको स्पष्टीकरणको जवाफ समेटेर दस्तावेज तयार पारिने बताइएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.