Advertisement

सर्वाेच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा पुनरावलोकन नगर्ने

0 426

Advertisement

१९ चैत्र, काठमाडौ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार दिएको पुनरावलोकनसम्बन्धि अनुमति नदिने भएको छ । बिहीबार सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा अध्यक्ष प्रचण्डले दिएको पुनरावलोकन निवेदन सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले अनुमति नदिएको हो ।

२३ फागुनमा ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएको थियो । निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी नामको दल पहिल्यै दर्ता रहेको र सोही नाममा अर्को पार्टी दर्ता हुन नसक्ने भन्दै नेकपा एमाले र माओवादी केन्द्र अलग अलग हैसियतमा रहने फैसला सुनाइएको थियो ।

फैसलापछि एकीकरण गर्न चाहेको खण्डमा १५ दिनभित्र नयाँ नाम सहित दर्ता गर्न निर्वाचन आयोगलाई आदेश पनि दिइएको थियो । तर, प्रचण्डले फैसला पुनरावलोकनको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

अदालतले पुनरावलोकनको अनुमति नदिने भनेसँगै नेकपा नाम विवाद टरेको छ । साथै, सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसला नै अन्तिम ठहर भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.