Advertisement

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्ककाे मोबाइल मनी जेठदेखि

0 1,460

Advertisement

१९ चैत, काठमाडौँ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कले संयुक्त रूपमा ल्याउन लागेको मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने भएको छ । मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा पनि कारोबार गर्नसक्ने उक्त सुविधा ढिलोमा जेठदेखि सुरु हुने नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी)का प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

बुधबार आयोजित भर्चुअल कार्यक्रममा उहाँले अहिले मोबाइल मनी सञ्चालनका लागि प्राविधिक रूपमा काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा उहाँले डिजिटल भन्नासाथ निःशुल्क हुनुपर्छ भन्ने आमधारणामा परिवर्तन आवश्यक रहेको पनि बताउनुभयो । डिजिटलाइजेसनका लागि ठूलो पुँजी लगानी गर्नुपर्ने भएकाले त्यसलाई भरपर्दो र दिगो बनाउन पनि पूर्ण रूपमा निःशुल्क गर्नु सम्भव नहुने उहाँको भनाइ छ ।

त्यस्तै डिजिटल फाइनान्सलाई द्रुत गतिमा अगाडि बढाउन उपकरण आयातमा छुट र सुविधा उपलब्ध गराउने पर्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ)का अध्यक्ष विक्रम श्रेष्ठले डिजिटल वित्तीय पहुँच विस्तारका लागि गुणस्तरीय इन्टरनेट पहिलो सर्त हुने बताउनुभयो । पूर्वाधारका लागि नीतिगत सहयोग पनि महŒवपूर्ण हुने उहाँको भनाइ थियो । “नेपाल राष्ट्र बैङ्कको नीतिकै कारण सुरु भएको छोटो समयमै क्यूआर कोड प्रयोगकर्ता दुई लाखभन्दा बढी पुगिसकेका छन्,” उहाँले भन्नुभयो ।

सम्पूर्ण कारोबारलाई पूर्ण रूपमा नगदरहित बनाउन सम्भव नभए पनि नगदको प्रयोगलाई कम गर्न भने सम्भव भएको उहाँले बताउनुभयो । कार्यक्रममा उहाँले नेपाली भाषामा एपहरू नहुँदा समस्या रहेकाले स्वदेशी कन्टेन्ट निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्रका मानव अधिकारकर्मी शुभेच्छा खड्काले कोभिडलगायत पछिल्ला परिवेशले वित्तीय डिजिटलाइजेसनलाई बढावा दिइरहे पनि सेवा प्रदायकले दिएको सेवाको गुणस्तर र सर्वसुलभतालाई पनि ध्यान दिनुपर्ने, यससँग सम्बन्धित नीति बनाउँदा सबै भौगोलिक क्षेत्र, वर्ग र समुदायलाई समेट्नुपर्ने उहाँको भनाइ थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.