Advertisement

सितामढी पुर्‍याइएका महोत्तरीका किशोरी र बालिकालाई आज नेपाल ल्याइँदै

0 512

Advertisement

१९ चैत, जनकपुर । महोत्तरीको भंगाहा नगरपालिकाबाट भातर पुर्याइएका ७ जना बालिका र किशोरीलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको छ । घाँस काट्न जाँदा भारत पुर्याइएका ती बालिका तथा किशोरीहरु समाचार तयार गर्दासम्म नेपाल–भारत सिमानाको भिट्टामोडमा छन् । बिहारको सीतामढीमा फेला परेका उनीहरुलाई बुधवार राती नै नेपाल ल्याउन लागिएको सशस्त्र प्रहरी बल महोत्तरीका एसपी सुरेश सापकोटाले जानकारी दिए ।

भंगाहा नगरपालिका वडा नम्बर–८ धर्मपुरा घर भएका किशोरीहरुलाई अपरिचित महिलाले ललाई–फकाई सीतामढी पुर्याएका थिए । चउरमा घाँस काट्न जाँदा ती महिलाले ‘गायिका बनाइदिन्छु’ भनेर बम्बई लैजान खोजेको बताइएको छ ।
नेपाल ल्याउने प्रक्रिया भइरहेको जानकारी दिँदै महोत्तरीका एसपी दिनेश आचार्यले भने– ‘बालिकाहरूलाई किन त्यहाँ पुर्याइएको थियो भन्ने खुल्न बाँकी छ, उनीहरुलाई नेपाल ल्याएपछि हामी थप अनुसन्धान गर्छौ ।’ स्वास्थ्य परीक्षण र कागजी प्रक्रिया पूरा गर्दा नेपाल फर्काउन ढिलाइ भएको बताइएको छ । भारतको मानवअधिकारवादी संघ–संस्थाले स्वास्थ्य परीक्षणको माग गरेपछि उद्धार गरेका बालिकाहरूलाई नेपाल ल्याउनल ढिलाई भएको सुरक्षा अधिकारीहरु बताउँछन् ।

सीतामढीको रेल्वे स्टेशनमा फेला परेका उनिहरुलाई भारतीय प्रहरीले सशस्त्र प्रहरीको जिम्मा लगाएको थियो । उनीहरुलाई नेपाल ल्याउन सशस्त्र र नेपाल प्रहरीको टोली भिट्टामोडमा पुगेका छन् । उनीहरू फेला परेको खबर पाएपछि बुधबार बिहान सशस्त्र र नेपाली प्रहरीको टोली सीतामढी पुगेका हुन् । घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हराएका थिए ।

अस्मिता उच्च मावि भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् भने रिया र ज्योति कक्षा ८ मा पढ्छन् । सीमा र नगिना कक्षा ७ मा पढ्छन् । अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको परिवारले जानकारी दिएका छन् । हराएको सूचना पाएपछि भंगहा नगरपालिका प्रमुख संजिव साह, प्रहरी र स्थानीय खोजीमा जुटेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.