Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

होलीमा ग्याङ फाइट प्रकरण : ६ जना समातिए, अनुसन्धानपछि दोषी सार्वजनिक गरिने

0 107

१८ चैत, बाग्लुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा होली खेल्ने क्रममा भएको झडपपछि दुई जना युवकको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार दिउँसो ६ जनालाई पक्राउ गरेको छ ।

घटना घटेको चार दिन पछि गुल्मीबाट २ जना र ४ जना बागलुङबाट गरी ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत आइतबार बागलुङको बडिगाड र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने बलधुरेमा लागेको मेलामा झडप भएको थियो ।

घटनामा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियारको मृत्यु भएको थियो । झडपमा अन्य ६ जना घाइते भएका थिए । मृतकको शव घटनास्थलदेखि ४ सय मिटर तल भेटिएको थियो ।

घटना घटेपछि प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरको नेतृत्वमा ११ सदस्य र पोखराबाट सीआईबीको टोलीसमेत अनुसन्धानमा खटिएको थियो । हाल उक्त टोलीले घटनामा संलग्नको पहिचान गरिरहेको छ ।

प्रहरीका अनुसार अनुसन्धानको क्रम चलिरहेको र अहिले नै नाम सार्वजनिक गर्न सकिएको छैन । घटनाबारे समग्र अनुसन्धान सकिएपछि मात्रै दोषी सार्वजनिक गर्ने बताइएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.