Advertisement

निमिशालाई हराउँदै आजा क्वार्टरफाइनलमा

0 685

Advertisement

१८ चैत, काठमाडौं । निमिशा ढकाललाई हराउँदै आजा रेग्मी तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस यु–१६ विधाको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन ।

मन्डिखाटारको टेनिस कोर्टमा सोमबार भएको यु–१६ गल्र्स तर्फको खेलमा आजाले निमिशा ढकाललाई ६–४ र दोस्रो सेटमा ६–३ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेकी हुन । यु–१६ कै अर्को स्पर्धामा डोमा शेर्पाले रायाना शाहलाई ६–० र ६–० को सेटमा पराजित गर्दा अर्को खेलमा एलिसा गुरुङले त्रिशिमा शर्मालाई ६–२ र ६–३ को सेटमा पराजित गरिन ।

डोमा र एलिसा पनि अन्तिम आठमा प्रवेश गरे । यु–१६ कै अर्को खेलमा सर्भानी श्रेष्ठले अनुस्का धोजुलाई ६–० र ६–० ले स्तब्ध पारिन । प्रतियोगिता अन्तर्गत मंगलबारै सम्पन्न ब्वाइज यु–१२ तर्फको खेलमा अदिृत नेपालले जिवन सुनारलाई ६–१ र ६–१ को सेटमा पराजित गर्दा शास्वत ब्रर्जाचार्यले खेम गुरुङलाई ६–० र ६–१ तथा अविर श्रीवास्तवले स्प्रश तिमिल्सिनालाई ७–६ र ७–५ को सेटमा पराजित गरेर अन्तिम ८ मा प्रवेश गरे ।

गल्र्स यु–१२ तर्फ सिभानी गुरुङ वाक ओभर पाउँदै अघिल्लो चरण प्रवेश गरिन । गल्र्स यु–१४ तर्फ भने जेनी खड्का र आध्या पौडेलले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गरे । उमेर समूहबाट नै टेनिस खेलमा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको टेनिस प्रतियोगितामा कुल १ सय ५ खेलाडीले सहभागिता जनाउँदैछन ।

डाक्टर भगवान कोइरालाले उद्घाटन गरेको प्रतियोगितामा ब्वाइज तर्फ ६५ जना र गल्र्सतर्फ ४० खेलाडीले प्रतिस्पर्धा गर्दै छन । आईटिएफ र नेपाल टेनिस संघको नियम अनुसार सञ्चालन भएको प्रतियोगितामा व्वाईज तर्फ ६ र गल्र्स तर्फ ५ विधामा प्रतिस्पर्धा हुँदै छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.