Advertisement

घाँस काट्न गएका सातजना किशोरी वेपत्ता, प्रहरीको खोजी जारी

1 501

Advertisement

१८ चैत, जनकपुरधाम । महोत्तरीमा सातजना किशोरी एकै पटक वेपत्ता भएका छन् । मंगलबार दिउसो घाँस काट्न गएका सातजना किशोरी सम्पर्क विहीन भएका हुन् ।

भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका २ बालिका र ५ किशोरीसहित सातजनाको समूह परिवारको सम्पर्कमा नरहेको महोत्तरीका प्रहरी उपरीक्षक दिवेश आचार्यले जानकारी दिए ।

उनका अनुसार सम्पर्कविहीन भएका सबैजना दलित समुदायका हुन् । सम्पर्कविहीन हुनेहरुमा स्थानीय १२ वर्षीय सीमा पासवान, १२ वर्षीय रञ्जन पासवान, १३ वर्षीय जयोती पासवान, १३ वर्षीय रिया पासवान, ११ वर्षीय अर्चना पासवान, १७ वर्षीय नगीना पासवान र २० वर्षीय अस्मिता पासवान छन् ।

सम्पर्कविहीन भएकाहरुको खोजि कार्य तीब्र बनाइएको छ । प्रहरीले स्थानीयलाई खोजीकार्यमा सहयोग गर्न आग्रहसमेत गरेको छ ।

उनीहरु सबै घर नजिकैको चौरमा दिउँसो घाँस काट्न गएको र साँझसम्म घर नफर्किए पछि खोजी कार्य सुरु गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.