Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भारतमा थप ५३ हजार १५८ जनामा संक्रमण

0 182

१८ चैत, काठमाडौँ । भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

मंगलबारको तुलनामा संक्रमितको यो संख्या करिव ३ हजारले कम हो ।

यसअघि गत सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २१ लाख ४८ हजार ४८७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १४ लाख ३२ हजार ५२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ५३ हजार ९३३ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ५०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ३५५ जनाको मृत्यु भएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.