Advertisement

मेरो सेयर आज बेलुका ८ बजेपछि नचल्ने, सोमबार बिक्री भएका सेयरको इडीआइएस गर्ने समय थप

0 825

Advertisement

१७ चैत, काठमाडौं । सीडीएस एन्ड क्लियरिङको मेरो सेयरको सेवा मंगलबार (चैत १७ गते) राती ८ बजेदेखि केही समय अवरुद्ध हुने भएको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार मेरो सेयरमा सेवाग्राहीको चाप बढेर प्राविधिक समस्या देखिएपछि समाधानका लागि तत्काल सर्भर थप गरी डाटा माइग्रेसन गर्न लागिएको छ ।

डाटा माइग्रेसनमा समय लाग्ने भएकाले केही समय मेरो सेयर सेवा अवरुद्ध हुने सीडीएसले जानकारी गराएको छ । साथै, सोमबार (चैत १६ गते) बिक्री गरिएका सेयरको इडीआइएस गर्ने समय पनि थप गरिएको छ । उक्त दिन बिक्री गरिएका सेयरको इडीआइएस बुधबार (चैत १८ गते) बिहान १० बजेसम्म गर्न सकिने सीडीएसले जानकारी गराएको छ । 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.