Advertisement

म्यानमारमा भइरहेको मानवता विरुद्धको अपराध विरुद्ध राष्ट्रसंघ नेपाल कार्यालय अगाडि प्रदर्शन

0 648

Advertisement

१७ चैत, काठमाडौं । म्यानमारमा जारी हत्या र दमनको विरोध एवं त्यस्तो हत्या र दमनलाई रोक्न संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्छ भन्ने आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
यू एन हाउस पुल्चोक अगाडि दिउँसो भएको प्रदर्शनमा, म्यानमारमा भइरहेको हत्या र दमन रोक्न प्रभावकारी कदम चाल्न संयुक्त राष्ट्रसंघलाई र म्यानमारमा भइरहेको मानवता विरुद्धको अपराधलाई अन्त्य गर्न समस्त विश्व एक भएर सामूहिक कदम चाल्न आग्रह गरिएको थियो ।

प्रदर्शनमा म्यानमारका भएको सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैँन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो ।


प्रदर्शन पश्चात शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एंन्टोनियो गुटेरेशलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित राष्ट्रसंघको कार्यालय मार्फत बुझाइएको थियो ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, समाजका सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा र सरस्वती ढकाल, अधिकारकर्मीहरु बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, दुर्गा राना मगर (लक्ष्मी), उमा गौतम, सहित ५५ भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

मानव अधिकार तथा शान्ति समाज नेपालकाे आयाेजनामा म्यानमार (बर्मा)मा भईरहेकाे सैनिक सरकारद्वारा लोकतन्त्रका पक्षधरहरुको हत्या र दमन निन्दनीय छ र शान्ति समाजले सैनिक जुन्टाद्वारा भइरहेको हत्या तथा दमनको निन्दा गर्दै आएको छ,बर्मामा जारी हत्या र दमनको विरोध एवं त्यस्तो हत्या र दमनलाई रोक्न संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्छ भन्ने आग्रह गरेको छ ।

प्रदर्शनमा मानव समाज तथा शान्ति समाजका समाजिक अभियन्ता तथा अधिकारकर्मीहरु



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.