Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

समयमा आँखा जाँच गरौं र दृष्टिविहिन हुन बाट बचौं र बचाऔं; क्वेस्ट भिजन चश्मा घर तथा आँखा उपचार केन्द्र

0 302

१७ चैत, ललितपुर । ललितपुर महानगरपालिका वडा नम्वर ६ स्थित थापाहिटीमा क्वेस्ट भिजन चश्मा घर तथा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।

हिजो एक कार्यक्रमका विच आखाँ उपचार केन्द्र शुभारम्भ भएको हो ।

ललितपुर महानगरपालिकाका वडा नम्वर ६ का वडा अध्यक्ष्य हिटलर शाक्यको प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाे ।

यस आखाँ उपचार केन्द्रका सञ्चालीका बरिष्ठ दृष्टि बिषेशज्ञ सविना राई रहनु भएकाे छ ।

राईका अनुसार यस थापाहिटीमा एरीयामा यो भन्दा पहिला आखाँको सेवा दिने आखाँ उपचार केन्द्र नभएको कारण तथा स्थानीयहरु अन्यत्र जानु पर्ने समस्या हटाउन न्यूनतम मूल्यमा गुणस्तरिए सेवा दिन आखाँ उपचार केन्द्र सञ्चालनमा ल्याइयकाे कुरा जानकारी गराउनुभयो ।

उक्त आखाँ उपचार केन्द्रमा बिहान १० बजेबाट बेलुका ८ बजे सम्म सेवा लिन सकिने छ । यस उपचार केन्द्र मार्फत आखाँको अन्य सेवाहरुको पनि उपचार गरिने राईले डिजिटल खबरलाई जानकारी दिनुभयाे ।

ललितपुर महानगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष हिटलर शाक्य र सञ्चालिका दृष्टि बिषेशज्ञ सविना राईतस्विर : सरोज राई

उपचार केन्द्र मार्फत अनुभवी तथा बरिष्ठ विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिने छ । साथै दृष्टि तथा चश्मा जाँच र कन्टायक्ट लेन्स को सुविधा र आँखाको विभिन्न रोगहरुको परीक्षण तथा उपचार गरीने उनले जानकारी गराउनुभयो ।

साथै यस उपचार केन्द्रबाट मधुमेह तथा उच्च रक्तचाप भएका विरामीको आँखाको पर्दा जाँच पनि गरिन्छ र
मोतीबिनढु, जलविन्दु , टाउको दुखेको, छड्के आँखा आशु नली, सुख्खा आँखा, अल्छी आँखा, आँखाको प्रेसरको चेक जाँच तथा उपचार सेवा उपलव्ध गराइने छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.