Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पुनरावलोकनको रिट लिएर सर्वोच्च पुगे माओवादी अध्यक्ष प्रचण्ड

0 113

१७ चैत, काठमाण्डाै । नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनमा गएको छ। मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका हुन्।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुग्नु भएको छ ।

गएको फागुन २३ गते सर्वोच्चले नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसलामा एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएपछि प्रचण्ड पुनरावलोकनका लागि आज अदालत जानु भएको हो ।

फागुन २३ गतेको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी एकता अघिकै एमाले र माओवादी केन्द्रमा पुगेको छ । पुनरावलोकनमा जानुअघि माओवादी केन्द्रले कानुन व्यवसायीसँग समेत छलफल गरेको थियो ।

सोमबार दिउँसो काठमाडौँस्थित कोटेश्वरमा एक व्यापारीको घरमा प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच पुनरावलोकनमा जाने विषयमा समेत छलफल भएको थियो।

भेटमा माओवादी केन्द्रको तर्फबाट प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ र नेपालसँगै भीम रावल गएका थिए। पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले)ले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको थियो। थप कारबाही हुने संकेत पाएपछि उनीहरुबीच आगामी रणनीतिको विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन्।

प्रचण्ड र माधवबीच लगातार भेटभएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यताबाटै ६ महिना निलम्बन गरेका छन्।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.