Advertisement

अजोड इन्स्योरेन्सको शेयर सर्किट लेभलमा

0 680

Advertisement

१७ चैत, काठमाडौं । ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै बैशाख ७ गते वार्षिक साधारण सभा आव्हान गरेको अजोड इन्स्योरेन्सको शेयरमूल्य मंगलवार सर्किट लेभलमा बढेको छ ।

कारोबारको १० मिनेटमै कम्पनीको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशत बढेर अन्तिम मूल्य रू. ८५३ कायम भएको हो । यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ७७ ले बढेको हो । सोमवार पनि कम्पनीको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशत बढेको थियो ।

मंगलवार हकप्रदको प्रस्ताव सार्वजनिक गरेको कम्पनीको सोमवार पनि मूल्यमा उच्च बृद्धि हुनुलाई आम लगानीकर्ताहरुले सूचना चुहावट गरी इन्साइडर ट्रेडिङ गरेको आरोप लगाएका छन् ।

सोमवार पनि कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ७० ले बढेर अन्तिम मूल्य रू ७७६ कायम भएको थियो । कम्पनीको चैत १६ गतेको सञ्चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै तेस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.