Advertisement

बङ्लादेशमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित

0 463

Advertisement

१६ चैत, एजेन्सी । बङ्गलादेशमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार दैनिक संक्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ ।

महामारी नयाँ उचाइमा पुगेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले थप सतर्कता अपनाउनु पर्नेमा पनि जोड दिएका छन् ।

स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो २४ घण्टामा पाँच हजार १८१ जना संक्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्च ८ मा कोरोनाभाइरसको महामारी सुरुभएदेखिकै सबैभन्दा धेरै भएको उनीहरूको भनाइ छ ।

बङ्लादेशका कोरोनाभाइरसबाट अहिलेसम्म कूल छ लाख ८९५ जना संक्रमित भएका छन् भने आठ हजार ९४९ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये सोमबार मात्रै ४५ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २८ हजार १९५ जनाको कोरोना परीक्षण गरिएको छ ।

कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिलेसम्म बङ्लादेशमा पाँच लाख ३८ हजार १८ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये सोमबार मात्रै दुई हजार ७७ जना सङ्क्रमणमुक्त भएका हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.