Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपालले आज चिरप्रतिद्वन्द्वी बंगलादेशलाई हराउदै उपाधि जित्ने दाउमा नेपाल

0 60

१६ चैत, काठमाडौं । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले आज चिरप्रतिद्वन्द्वी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अहिले साँझ ५:३० बजे हुने फाइनलमा बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने दाउ नेपालको छ।

शनिबार भएको खेलमा बंगलादेशसँगको प्रतिस्पर्धामा गोलरहित बराबरी खेल्दै नेपाल फाइनल पुगेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले केही राम्रा अवसर बनाएको भए पनि गोल गर्न सकेन। बंगलादेशका केही प्रहारलाई नेपालले रोकेको थियो।

यसअघि किर्गिस्तानको यु–२३ टोलीलाई पराजित गरेको बंगलादेश नेपाल र किर्गिस्तानले बराबरी खेलेपछि फाइनलमा प्रवेश गरेको थियो। बंगलादेश किर्गिस्तानको आत्मघाती गोलसँगै १–० ले विजयी भएको थियो। किर्गिस्तान टोलीसँग गोलरहित बराबरी खेलेको नेपाल बंगलादेशसँग बराबरी खेल्दै फाइनल पुगेको हो।

नेपालले सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप तयारीका लागि त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो। तीन देश सम्मिलित प्रतियोगितामा राउन्ड रोबिन लिगमा शीर्ष स्थान हासिल गरेका बंगलादेश र नेपालले फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। विजेता टोलीले पाँच हजार र उपविजेताले तीन हजार डलर पुरस्कार प्राप्त गर्नेछन्।

नेपालको सुरुवाती-११ घोषणा
यसैबीच नेपालले बंगलादेशसँग खेल्ने टिमको सुरुवाती-११ को घोषणा गरेको छ। बंगलादेशसँग फाइनल खेलमा दुई खेलाडी परिवर्तन गरिएको छ। एन्फाकाअनुसार विशाल राई र सुनिल बलले सुरुवाती-११ खेल्ने भएका हुन्।

गोलकिपर – किरण चेम्जोङ

डिफेन्डर : रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी

मिडफिल्डर : त्रिदेभ गुरुङ, सन्जोग राई, विशाल राई, तेज तामाङ, सुनिल बल

फरवार्ड : अन्जन विष्ट

मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु हो : प्रशिक्षक महर्जन
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालको मुख्य लक्ष्य बंगलादेशलाई हराएर उपाधि जित्नु रहेको बताए। आइतबार भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले नेपाली टोलीको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका हुन्।

‘प्रतियोगितामा हामीले दुई खेल खेल्यौं। दुवै खेलमा सोचे अनुरूपकै प्रदर्शन पनि गरिरहेका छौं। तर, गोल भने हुन सकेको छैन’, महर्जनले भने, ‘गोल नगरी उपाधि जित्न सकिँदैन। त्यसैले हाम्रो मुख्य लक्ष्य भनेको गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्नु हो।’

बंगलादेशका प्रशिक्षक जेम्स डेले फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने बताए। उनले नेपाललाई घरेलु मैदान र दर्शकको साथ रहने भएकाले खेल प्रतिस्पर्धात्मक हुने दाबी गरे। ‘नेपाल र बंगलादेश मात्र होइन, सिंगो दक्षिण एसियाली राष्ट्रले गोलका लागि निकै संघर्ष गर्नुपर्छ’, जेम्सले भने, ‘दक्षिण एसियामा रक्षात्मक खेल खेलिने भएकाले पनि गोल कम हुने गरेको छ। तर, यो खडेरीलाई फाइनलमा तोड्छौं।’


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.