Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

हाप्किडोको रेफ्री रिफ्रेसर कोर्ष र अभिमुखिकरण कार्यक्रम सम्पन्न

0 16

१५ चैत, काठमाडौं । नेपाल मार्शल आर्ट्स हाप्किडो संघको रेफ्री रिफ्रेसर कोर्ष र अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । संघले बैशाखको पहिलो साता काठमाडौंमा आयोजनाको तयारी गरेको चौथो राष्ट्रिय हाप्किडो च्याम्पियनसिपलाई मध्यनजर गरी आइतबार रेफ्री रिफ्रेसर कोर्ष र अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

लैनचौरस्थित टेवल टेनिस हलमा भएको कार्यक्रममा ५५ जिल्लाका रेफ्री तथा केन्द्र, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारहिरुको समेत सहभागीता रहेको थियो । रेफ्रीहरुलाई संघका प्रमुख प्रशिक्षक सुस्मिता गुरुङले प्रशिक्षण दिएकी थिइन् ।

यस्तै, संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले हाप्किडो खेलको विकास क्रम, गतिविधि, यसको महत्व, उपलव्धी र आगामी कार्यक्रमबारे जानकारी गराएका थिए । त्यसअघि जिल्ला तथा प्रदेशहरुले आफ्नो प्रतिवेदन प्रस्तु्त गरेका थिए ।

संघले २०७८ बैशाखको ४, ५ र ६ गते काठमाडौंमा आफ्नो चौथो राष्ट्रिय हाप्किडो च्याम्पियनसिप आयोजना गर्दै छ । त्यसअघि संघले आइतबार नै आफ्नो टेक्निकल बोर्ड र रेफ्री काउन्सिल गठन गरेको छ । भुवन बुढा मगरको अध्यक्षतामा गठन भएको टेक्निकल बोर्डको सचिवमा प्रविण गुरुङ रहेका छन् । रेफ्री काउन्सिलको प्रमुखको जिम्मेवारी कृष्ण महर्जनलाई दिइएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.