Advertisement

धर्ममा होलिको महत्व यस्तो रहेको छ!

0 878

Advertisement

१४ चैत, काठमाडौं । मिति २०७७ साल चैत्र १५ गते आइतबार फाल्गुनशुक्ल पूर्णिमा तिथि राती १ : ०९ बजेसम्म त्यस उप्रान्त चैत्रकृष्ण प्रतिपदा तिथि आरम्भ हुने भएकोले यो दिन वैदिक हिन्दु धर्म अनुसार हिन्दु सनातन समाजमा हरेक वर्ष फाल्गुण शुक्ल अष्टमीमा होली आरम्भ हुन्छ।रुख काटेर बनाइएको लिंगोमा विभिन्न रंगका ध्वजा सजाइन्छ ।

यसरी सजाइएको लिंगो सार्वजनिक ठाउँमा ठड्याइन्छ।अष्टमीदेखि पूर्णिमासम्म आठ दिनसम्म मनाइने पर्व हुनाले फागुलाई ‘होलाष्टक’ पनि भनिन्छ। ठाउँअनुसार होली, फागु, होरी र होलिकोत्सव आदि नामले यो पर्व मनाइन्छ। काठमाडौंमा शुभसाइतमा जंगलबाट काटेर ल्याइएको रुख तासेर ध्वजा पताकाले सिंगारी वसन्तपुरमा ‘चीरोत्थान’ गरिन्छ ।

पूर्णिमाको मध्यरातमा होलिकास्वरूपको चीर दहन गरेपछि त्यसैबाट उत्पन्न रंग पानीमा घोली होली खेल्ने चलन रहेको छ।होलीको नेपालमा पहाडी भेगमा भन्दा तराईमा फागुको रौनक बढी हुन्छ।रंग दल्ने र पानी छ्याप्ने यो पर्वको मुख्य आकर्षण हो। तराई मधेशमा फागुसम्बन्धी लोकगीतको रौनक हुन्छ। यस्तै होलीमा बनाइने विभिन्न स्थानीय परिकारले पनि यो पर्वको महत्त्व बढाएको हुन्छ। पुराणमा हिरण्यकश्यपु बहिनी होलिका दहन भएको खुशीयालीमा होली खेल्ने चलेको बताइन्छ ।

यस्तै भगवान् कृष्णले गोपिनीसँग होली खेलेको सन्दर्भ आउने गर्दछ।पहिले–पहिले होली खेल्न फूल, पात र विभिन्न जडिबुटीबाट रंग तयार गरिने चलन रहेको थियो। रक्तचन्दनबाट रातो, बेसारबाट पहेँलो र दुवोबाट हरियो लगायत रंग बनाइन्थ्यो। यस्ता प्राकृतिक रंगले मानव स्वास्थ्यमा केही असर पुर्याउँदैन थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.