Advertisement

कोरोना अपडेट : आज थपिए कोरोनाका १५६ संक्रमित

0 313

Advertisement

१३ चैत, काठमाडौं । नेपालमा कोरोनाभाइरसका १५६ जना संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४१६ जनाको परीक्षण गरिएकोमा १५६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ७० जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार ३४२ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमण निको हुने दर ९८.४ प्रतिशत छ ।

मन्त्रालयका अनुसार हाल एक हजार २१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ५२ जना हाल क्वारेन्टिनमा छन् । पछिल्लो चौबीस घण्टामा सङ्क्रमितको मृत्युको पुष्टि भएको छैन् । हालसम्म तीन हजा २४ जना सङ्क्रमितले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.