Advertisement

नबिल बैंकको ‘हिरोज अफ नेपाल’मा सेफ सन्तोष शाह सम्मानित

0 391

Advertisement

१३ चैत, काठमाडौं । नबिल बैंककाे हिरोज अफ नेपालको दोस्रो संस्करणमा सेफ सन्तोष शाह सम्मानित हुनुभएको छ । शाहले यु.के. को मास्टर सेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्वसामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गर्नुभएको थियो ।

सेफ शाह, बैंकका सिइओ अनिल केशरी शाह र पूर्व मिस नेपाल अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा, सेफ सन्तोष शाहले उनको प्रेरणादायक उपलब्धिबारे बोल्नुका साथै उहाँको जीवनका यात्राका चुनौतीहरू पनि वर्णन गर्नुभएको थियो । यो कार्यक्रमबाट प्रेरणादायक क्षेत्रको भित्री तहसम्म पुग्न सफल भएकाे बैंकले जनाएकाे छ । उक्त कार्यक्रममा बैंकको उच्च व्यवस्थापन  तहका अधिकारीहरूको समेत उपस्थिती थियो ।

नबिल बैंकले शाहलाई उहाँको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित गरेको हो । जसको अनुशरण गर्दै, नबिल बैंकले शेफ शाहको गृह नगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने समेत बैंकले प्रतिबद्धता जनाएको छ । नबिल बैंकले आगामी दिनहरूमा यस श्रृंखलालाई निरन्तरता दिने योजना बनाएको जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.