Advertisement

ब्राडले घरेलु हिंसा गरेको प्रमाण मसँग छ: एन्जेलिना जोली

0 269

Advertisement

१३ चैत, काठमाडौं । ब्राड पिटले घरेलु हिंसा गरेको प्रमाण आफूसँग रहेको हलिउड अभिनेत्री एन्जेलिना जोलीले बताएकी छन्।

जोलीले मार्च १२ मा आराेपपत्र पेश गरेको इटी अनलाइनले जनाएको छ। २ वर्ष अगाडि एक अर्कासँग अलग भैसकेका जोलीले सन्तानमाथि पनि ब्राडले हिंसात्मक व्यवहार गर्ने गरेको आरोपसहितको पत्रमा उल्लेख गरेकी छिन्।

यस्तै जेठो छोरा म्याडक्सले पिताको थर हटाएर आमाको थर राख्नका लागि औपचारिक प्रक्रिया सुरु गरेकी छिन्।

सन् २००५ देखि साथमा रहेका एन्जेलिना र ब्राडले सन् २०१४ मा बिहे गरेका थिए।  तर, सन् २०१६ मा आफू र ब्राडबिच गम्भीर भिन्नता रहेको भन्दै जोलीले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेकी थिइन्। त्यसपछि ब्राड र जोलीबिच छोराछोरीको कस्टडीलाई लिएर आरोप प्रत्यारोप हुँदै आएको छ। ब्राडमाथि छोराछोरीलाई हात उठाएको आरोप पनि लागेको थियो। तर, अनुसन्धानपछि ब्राड आरोपबाट मुक्त भएका थिए।

जोलीसँगको बिहे ब्राडको दोस्रो बिहे हो। त्यसअघि ब्राडले जेनिफर अनिस्टनसँग बिहे गरेका थिए। यस्तै जोलीको भने तेस्रो बिहे हो, उनले ब्राड भन्दाअघि बिली बब थोर्नटन र जोनी ली मिलरसँग बिहे गरेकी थिइन्। जोली र ब्राडका ६ सन्तान छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.