Advertisement

एभरेष्ट बैंकले अनावरण गर्यो २०७८ को कर्पोरेट क्यालेन्डर

0 301

Advertisement

१३ चैत, काठमाडौँ । एभरेष्ट बैंकले पर्यटन विभाग, प्रदर्शनीमार्गमा आयोजित समारोहको बीचमा नयाँ बर्ष २०७८ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ ।

लामो समयदेखि बैंकले नेपालको संस्कृति र पर्यटन सम्बन्धी बिभिन्न विषयवस्तुहरुलाई समाहित गर्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउदै आएको छ ।

‘सगरमाथाको १२ फरक फरक मुहारहरू’विषयवस्तु राखेर तयार पारिएको बंैकको क्यालेन्डर २०७८ पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ्ग र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जीके नेगी, नेपाल पर्वतारोहण संघका कार्यकारी सदस्य तथा बंैकका ब्रान्ड फेस मिङ्गमा डेभिड शेर्पाले संयुक्त रुपमा अनावरण गरेका छन् ।

सो कार्यक्रममा डा. सन्धीर कुमार–नायव महाप्रबन्धक, एभरेष्ट बैंक र पर्यटन विभाग तथा बैंकका अन्य उच्च अधिकारीहरू पनि सामेल थिए ।

कार्यक्रमको दौरान बैंक व्यवस्थापनले, सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटरलाई मध्येनजर गर्दै यसको चर्चा बढाउन बैंकले ‘सगरमाथाको १२ फरक फरक मुहारहरू’ जस्तो अनुपम विषयवस्तुलाई चित्रण गरेको हो जसले नेपालको माउन्टेन पर्यटनलाई पनि बढावा दिन्छ भन्नेमा प्रकास पारेका छन् ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय , १३४ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.