सेयर बजार २५ सय ४८ अंकमा
१२ चैत, काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन उच्च अंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार २१ दसमलव २९ अंकले ओरालो लागेर २५ सय ४८ दसमलव ९६ अंकमा पुगेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ६४ अंकले ओरालो लागेर चार सय ५० दसमलव ३१ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुुई सय आठ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ७४ हजार छ सय ५८ हजार पटकको कारोवारमा एक करोड २५ लाख ४८ हजार एक सय ४६ कित्ता सेयर खरिद बिक्री भएको छ । उक्त परिमाणामा सेयर खरिद बिक्री हुंदाा कारोवार रकम भने छ अर्ब ५० करोड आठ लाख छ हजार ४० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह मध्ये तीन वटा उपसमुहको सुचक उकालो लागेकाछन भने १० वटा उपसमुहको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहहरुको सुचक घटेकाछन भने ट्रेडिङ, होटल तथा पर्यटन र लगानी उपसमुहको सुचक भने बढेकाछन ।