Advertisement

राप्ती गाउँपालिकाको संस्थागत क्षमता अभिमुखीकरण तथा स्वमूल्याङ्कन कार्यशाला सुरु

0 426

Advertisement


तिर्थराज ज्ञवाली

१२
चैत, मसुरीया (देउखुरी दाङ) । राप्ती गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कन अभिमुखीकरण तथा स्वमूल्याङ्कन कार्यशाला सुरु भएको छ ।
वर्ष भरि गरिएका १० विषयमा स्वमूल्याङ्कनका लागि कार्यशाला सुरु भएको हो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा सुरु भएको कार्यशालाको जिल्ला समन्वय अधिकारी सावित्रा पुन मगरले सहजीकरण गर्नु भएको छ ।

गाउँपालिकाको सेवा तथा कार्यप्रक्रियालाई सुधार गर्दै लैजाने योजना अनुसार शासकीय प्रबन्ध, सँगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, विक्तिय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायीक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समाबेशिकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयका विषयमा स्वमूल्याङ्कन गरिएको छ ।

समग्र स्थीति, प्रक्रियागत स्थीति, परिमाणत्मक स्थीतिका आधारमा सुचक तयारपारि विषयगत शाखाका प्रमुख तथा कार्यपालिका सदस्यहरुले पालिकाको स्वमूल्याङ्कन गर्ने काम सुरु गरिएको छ ।

आगामी १५ गते सम्म चल्ने अभिमुखीकरण तथा स्वमूल्याङ्कन कार्यशालामा १० बटा विषयक्षेत्रका १ सय सुचकमा रहेर अंक प्रदान गरिने छ ।

याे पनि हेर्नुहाेस्



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.