Advertisement

कृषि बिकास शाखा लक्ष्मीपुरद्वारा किसान लाई नि:शुल्क बिषादी वितरण

0 688

Advertisement

महेश सिंह

१२ चैत, सिरहा लहान । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका मा नि:शुल्क तिन दिने बाली उपचार तथा परामर्श शिबिर सुरु भएको छ ।

पालिका भित्र रहेको किसानहरुको उव्जाउ बढाउने उद्धेयले उक्त शिबिरको आयोजना गरेको कृषि प्रसार अधिकृत ईन्द्र नारायण चौधरीले जानकारी दिनुभयो।

गाउँ पालिका १ पिपराबाट सुरु गरेको सिबिर दोस्रो दिन महेशपुर ३ र तेस्रो दिन सितापुर प्रध ६ मा हुने कृषि बिकास शाखा लक्ष्मीपुर पतारीको प्राविधिक सहायक चतुर नारायण चौधरीले बताउनुभयो ।

उक्त शिवीर कार्यक्रमबाट किसानहरुलाई बालीमा प्रयोग हुने बिषादीको पहिचान गरी कृषकमा वितरण गर्ने बाली प्रयोगशाला सिरहाको अधिकृत मानन चौधरी भन्नुभयो ।

चौधरीले बालि पहिचान गरी उपचार तथा परामर्श सहित ५ किसिमको बिषादी वितरण हुने छ ।

यस ठाँउमा विशेष रुपमा लाही, पम्येपिङ्ग,मधुवा लगायतका रोगहरु बढी नै लाग्ने गरेको छ ।

बाली विज्ञ चौधरीले रोग पहिचान गरी बिषादीहरुमा साईपर मेथिन, सुपर किलर,जिमिरा मलटी पलेक्स,बायो किटानासक लगायत ५ किसिमको बिषादी निशुल्क रुपमा किसानहरुलाई दिने गरेका छौ

बिगत केहि महिना अगाडि किसानहरुलाई च्याउको बिउ निसुल्क रूपमा गाउँ पालिका ले वितरण गरेका प्राविधिक सहायक चतुर नारायण चौधरी ले बताए। बाली उपचार र परामर्श लिन र बिसादी लिन किसानहरुको भिड लागेको थियो । बिषादी पाउदै किसानहरु खुशी भएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.