Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

खाल्डाेमा गाडिएको अवस्थामा भेटियो झा दम्पतीको शव

0 214

१२ चैत, जनकपुरधाम । एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ ।

१० फागुनदेखि ओछ्यानसहित बेपत्ता भएका महोत्तरी पिपरा गाउँपालिका-५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झाको शव फेला परेको छ ।

पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

दुवैको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटोछेउमा फेला परेको प्रदेश- २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए ।

खाल्डो खनेर निकालिएको शवको दम्पतीका छोरा मनिसकुमार झाले सनाखत गरेका हुन् ।

‘मनिसले गीतादेवीले लगाएको कपडा, पोते, चुरा र उनका बुवाले लगाएको सर्टका आधारमा पहिचान गरेका हुन्,’ डीआईजी सिंहले भने ।

झा दम्पतीको अपहरण र हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई यसअघि नै पक्राउ गरेको थियो । उनीहरूकै बयानका आधारमा प्रहरी शव गाडेको ठाउँसम्म पुगेको हो ।

पक्राउ पर्नेमा पिपरा गाउँपालिका- ५ सहोडवा रामबाबु यादव, उनका छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुर रहेका छन् ।

उनीहरूविरुद्ध ५ चैतमा झाको परिवारले अपहरण गरी शरीर बन्धकसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको थियो ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.