Advertisement

७७ विद्यार्थी र २ शिक्षकलाई कोरोना देखिएपछि स्नातक पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित

0 668

Advertisement

१२ चैत, पोखरा । विद्यार्थी र शिक्षकलाई कोरोना संक्रमण देखिएपछि लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित भएको छ ।

क्याम्पस प्रशासक खेम बहादुर पुलामीका अनुसार ७७ विद्यार्थी र २ जना शिक्षकलाई कोरोना देखिएपछि पहिलो चरणको परीक्षा रोकिएको हो  । उनले भने, ‘स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा पोस्टपेन्ट गरिएको छ, चौँथो वर्षको चाहिँ भोलिबाट सुरु हुँदै छ, प्रशासनहरु सबै खुलेकै छ ।’

शंका लागेपछि एक विद्यार्थीले पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि चैत २ गते १९ जनाको पिसिआर गर्दा ७ जनामा देखिएको पुलामीले जानकरी दिए ।

त्यस्तै ३ गते ११९ जनाकाे पिसिआर गर्दा ३२ जना, ७ गते गर्दा ६ सय १३ जनाकाे पिसिआर गर्दा ३५ जनामा काेराेना पाेजेटिभ देखिएकाे उनले बताए । त्यसपछि ५९ जनाकाे र ४० जनाकाे पिसिआर गर्दा १/१ जनामा काेराेना पाेजेटिभ देखिएकाे पुलामीले जानकारी दिए ।

संक्रमित विद्यार्थीहरू अहिले क्याम्पसभित्रकै आइसोलेसनमा छन्  । उनीहरूलाई क्याम्पसले खानेबस्नेदेखि अन्य व्यवस्थापन गरेको छ  । अरू होम आइसोलेसनमा छन्  ।

परीक्षा स्थगित भएपछि रिपोर्ट नेगेटिभ आएकालाई घरमै बस्न भनिएकाे पुलामीले बताए । उनले भने, ‘संक्रमित विद्यार्थीहरू क्याम्पसभित्रकै होस्टेलमा आइसोलेसनमा ब्लक बनाएर राखेका छौँ । नेगेटिभ आएकाहरुलाई सुरक्षित तरिकाले बस भनेर आ आफ्नो घर पठाएका छौँ ।’

अहिले उनीहरु स्वास्थ्यकर्मीको निगरानीमै भएको र उनीहरुको अवस्था सामान्य भएको पुलामीले जानकारी दिए । क्याम्पसमा साढे १७ सय विद्यार्थी छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.