Advertisement

हनुमन्ते खोला प्रकरण : सुर्यविनायक र मध्यपुर थिमी नगरपालिका भिडन्त किन र के का लागि?

0 1,222

Advertisement

१२ चैत, काठमाडौँ । भक्तपुरको सुर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित हनुमन्ते खोला जग्गा एकिकरण आयोजनामा सरकारी निकायबीच नै लफडा र आरोप प्रत्यारोप भएको छ ।

गत आइतबार हनुमन्ते खोला करिडोर भित्र पर्ने केही भौतिक संरचनामाथि डोजर चलाइयो । यस क्षेत्रमा अवस्थित साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिज र नेपाल पेन्ट ईन्डष्ट्रिज प्रा.लि.को उद्योग लगायतका भौतिक संरचनामा माथिको आदेश भन्दै डोजर चलेपछि स्थानीयले आपत्ति जनाएका हुन् । सुर्यविनायक नगरपालिकाले सात दिनभित्र उक्त स्थानबाट उद्योग हटाउन परिपत्र गरेको भएपनि सात दिनभित्र उद्योग हटाउन नसकिने भन्दै उद्योगलाई यथावत् राखिएको थियो ।

४० वर्ष पुरानो उद्योगको संरचना ७ दिनभित्र हटाउन सम्भव नभएको र कुनै पत्र जानकारी बिना उद्योगमाथि डोजर चलाइएको साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिजका प्रोपाइटर विश्व साखले बताए ।

कोटेश्वर जडिबुटी सडक खण्डको जाम हटाउन हनुमन्ते करिडोर निर्माणलाई चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखे पनि जग्गा विवादका कारण काम अघि बढ्न सकेको छैन । सोमबार प्रतिनिधिसभा अन्तर्गको विकास तथा प्रविधि समितिको बैठकमा शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी र अधिकार सम्पन्न बागमती परियोजनाका आयोजना प्रमुख आशिष घिमिरेले स्थानीयको विवादका कारण निर्माणको काममा समस्या भएको बताए ।

सल्लाघारी पुलदेखि मनोहरा नदी दोभानसम्म करिब ९ किलोमिटर दुरीमा करिडोर निर्माण चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
बैठकमा अधिकार सम्पन्न बागमती परियोजनाका आयोजना प्रमुख घिमिरेले राधे राधे पुल नजिक साख टोलले ठाउँ खालि नगरेको, सागबारी क्षेत्रमा नदीको सीमा विवाद देखिएको तथा सुन्दर बस्तीमा, बालकुमारी कोलोनीमा, कौशलटारको पुलमुनि लगायगका क्षेत्रमा जग्गा विवाद देखिएको बताए । उनले चालू आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गर्ने योजना रहेपनि विवाद समाधान हुन नसक्दा अवरोध नै कायम रहेको बताए । उनले जग्गा विवाद समाधान भए तोकिएको समयभन्दा पहिले नै आयोजना सम्पन्न हुने पनि बताए ।

नगरपालिका भक्तपुर स्थित आयोजना प्रमुखलाई नै थाहा नदिई काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक सुचना जारी गरेको पाइएको छ । मंगलबार एक दैनिक पत्रिकामा प्राधिकरणले भौतिक योजनाको मस्यौदा तयार भएको र उक्त मस्यौदामा केही उजुरी भए प्राधिकरणको भक्तपुर आयुक्त कार्यालयलाई सुचना दिन भनिएको छ ।

यता, समितिको बैठकले परियोजनाको विवाद समाधान गर्न सम्बन्धीत निकायसँग छलफल गर्ने निर्णय गरेको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिले तीन प्याकेजमा करिडोर निमार्णको काम सम्पन्न गर्ने ठेक्का सम्झौता गरिसकेको छ । करिडोर निर्माणका लागि पहिलो चरणमा राधेराधे पुलदेखि नयाँ थिमि बालकोट पुलसम्मको २.८ किलोमिटर दुरीको निर्माण कार्य गतवर्ष मंसिरदेखि थालेपनि जग्गा विवादले वैशाखबाट काम रोकिएको छ । करिडोर निर्माण सम्पन्न भए कोटेश्वरको जाम हट्ने, खोला किनारको बस्ती व्यवस्थापनका साथै वातावरणीय सुधार हुने विश्वास रहेको छ 

तर, उक्त सुचनाको खण्डन गर्दै बुधबार प्रकाशित गोरखापत्रमा मध्यपुर ठिमी नगरपालिका र आयाजना प्रमुखले खण्डन गरेका छन् । ‘सो आयोजना मध्यपुर थिमि नगरपालिका र सूर्य विनायक नगरपालिकाबाट संयुक्त रुपमा सञ्चालन गर्ने गरि उपभोक्ता समिति गठनका प्रक्रियामा रहेको र आयोजना प्रमुख समेत तोकी कार्य समेत भइरहेको अवस्थामा कार्यरत आयोजना प्रमुखलाई थाहा नै नदिई सुचना प्रकाशन हुनु आपत्तिजनक विषय हो,’ गोरखापत्रमा प्रकाशित सार्वजनिक सुचनामा भनिएको छ।

‘हनुमन्ते जग्गा एकिकरण आयोजनाका सम्बन्धमा, डिपिआर नयार भई आयोजनामा पर्ने धनीहरुको जग्गा फिर्ताको सुनिश्चितता नभएसम्म र नगरपालिकाले सिमांकन नगरुञ्जेलसम्म कुनै पनि कार्य अगाडी बढ्न नदिने र सो सम्बन्धी जानकारी सम्बन्धीत निकायलाई समेत जानकारी गराउने भनी यस नगरपािलकाका, नगरकार्यपालिकाको २०७७।१०।१८ गतेको ५० औँ बैठकबाट निर्णय भई सम्बन्धित निकायमा पत्राचार समेत भइसकेको अवस्तामा आयोजनाको भौतिक मस्यौदा तयार भएको भन्ने सुचना प्रकाशन गरी भ्रम श्रृजना गरिएको हुँदा कोही पनि भ्रममा नपर्नु हुन सम्बन्धित सबैमा जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.