Advertisement

८९ लाख ५० हजार मूल्यसहित नेपालमा सार्वजनिक भयो डिएफएसके ग्लोरी आई-अटो

0 536

Advertisement

११ चैत, काठमाडौं । डिएफएसकेको आधिकारीक वितरक कुजु नेपाल प्रालिले ८९ लाख ५० हजार मूल्य तोकेर डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई-अटो नेपालमा सार्वजनिक गरेको छ । यसअघि ग्लोरी सिरिजका ५६० र ५८० एसयूभी विक्री गर्दै आएकोमा अब नयाँ मोडल आई-अटो थप भएको छ । आई-अटो एक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ ।

उद्योग मन्त्री लेखराज भट्टले एक कार्यक्रमको बीच सार्वजनिक गरेको ग्लोरी आई-अटोले ७ सिटर इन्टेलीजेन्ट एसयूभी हो । यो एसयूभी नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभीहरु भन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण रहेको छ ।

इन्टेलिजेन्ट एसयूभी ग्लोरी आई-अटोमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिन्न खालको कार्य गराउन सकिन्छ । जसलाई मन्त्री भट्टले प्रयोग गरेर देखाएका थिए । यसको प्रयोगले मूख्यत फोन कल एसेस सिस्टम, मिडिया कमाण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर संचालन गर्न सकिन्छ ।

यसमा रहेको कार कन्ट्रोल कमान्डबाट सजिलै क्लाइमेट कन्ट्रोल चलाउने, आगाडि पछाडिको विण्डो ग्लास खोल्ने बन्द गर्ने, सनरुफ खोल्ने बन्द गर्ने, आदि कार्यहरु गाडी चलाउँदा चलाउँदै बोलेरै गर्न सकिन्छ । त्यस्तै गाडी चलाइरहेकै अवस्थामा जीपीएस खोल्ने र बन्द गर्ने भ्वाइस नेभिगेसन तथा ब्लुटुथ र वाईफाई खोन्ने र बन्द गर्न पनि आवाज दिए पुग्छ । यी र यस्ता १ सयभन्दा बढी भ्वाइस कमान्ड दिन सकिने छ ।

नेपाली बाटोको लागि उपयुक्त १८ इन्चको अलोय ह्वील रहेको यस एसयूभीमा अगाडि र पछाडि दुबैतर्फ एलइडी लाइटको प्रयोग गरिएको छ । दुईवटा एग्जस्ट पाईप, पानारोमिक सनरुफ तथा रुफ रेले ग्लोरी आई-अटोलाई स्पोर्टी बनाएको छ ।

यस एसयूभीमा खुट्टाले नै खोल्न मिल्ने टेल गेट रहेको छ । जसले गर्दा दुबै हातमा सामान लिएर गाडीको बुटमा राख्दा सहज हुन्छ । किलेस इन्ट्री, गाडीको स्टार्ट बन्द गरेपछि आफै फोल्ड हुने ओआरभीएम तथा रेन सेन्सिङ अटो वाइपर जस्ता फिचर आई-अटोमा उपलब्ध छ ।

ग्लोवल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षाका लागि अगाडि ४ वटा एयरव्याग, चारै चक्कामा डिस ब्रेकको प्रयोग गरिएको छ । यस एसयूभीमा आधुनिक इलेक्ट्रिक स्टेबीलीटी प्रोग्राम (इएसपी) ब्रेकिङ सिस्टम दिइएको छ । जसमा एबिएस, इबीडी तथा इबीए (इमेर्जेन्सी ब्रेक असिस्ट) जस्ता फिचरहरुको सहायताले जस्तोसुकै परिस्थितिमा गाडीलाई रोक्न सक्छ ।

ग्लोरी आई-स्मार्टमा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर तथा २२० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यो एसयूभी अटोमेटिक गियरबक्समा नेपाल आउने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.