Advertisement

भारतबाट स्वदेश फर्कनेको ‘ट्राभल हिस्ट्री’ खोजिँदै, ज्वरो देखिए क्वारेन्टिन

0 492

Advertisement

११ चैत्र, काठमाडौं । भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । भारतसँग खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै सीमा क्षेत्रमा सतर्कता अपनाउन थालिएको हो ।

नेपाल–भारत सीमामा दैनिक हजारौँको आवत–जावत हुँदै आएको छ । पछिल्लो समय होली पर्व मनाउनका लागि भारतबाट फर्कनेहरुको चाप बढेको छ । भारतसँग सीमा जोडिएका जिल्लाका नाकामा सुरक्षा र स्वास्थ्य सतर्कता बढाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रदेश नम्बर–२ का सीमानाकाबाट स्वदेश फर्कनेको ‘ट्राभल हिस्ट्री’ हेर्नेदेखि ज्वरो जाँच र पीसीआर रिपोर्टको समेत जाँच गर्न थालिएको छ । प्रदेश–२ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले भने, “ज्वरो आएको पाइए क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ । स्वदेश आउनेहरुको सम्पूर्ण विवरण संकलन गरिरहेका छौँ । नाकामा स्वास्थ्यकर्मीको टोली पनि खटाउने तयारीको सूचना पाएका छौँ ।”

मुख्य नाकाबाहेक अन्य क्षेत्रबाट प्रवेश गर्न सक्ने सम्भावित स्थानमा समेत सुरक्षा व्यवस्था कडा पारिएको डीआईजी सिंहले बताए ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा समेत भारतबाट स्वदेश फर्कनेको निगरानी राख्न सुरु गरिएको छ । पछिल्लो समय नयाँवर्ष मनाउन स्वदेश फर्कनेको चाप बढेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताए । सीमा क्षेत्रमा होल्डिङ सेन्टर राख्ने तयारी भइरहेको समेत उनले बताए ।

उनले भने, “प्रमुख सीमानाकामा हेल्थ डेस्क छ । सबैको विवरण संकलनपछि ज्वरो जाँच हुन्छ । शंका लागेकालाई अस्पताल लगिन्छ । पहिले बनाएका आइसोलेसनलाई क्वारेन्टिन बनाएका छौँ । साना नाकाको निगरानी पनि बढाएका छौँ ।”

यस्तै, गए रातिबाट जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आंशिक निषेधाज्ञा जारी गरेको छ । भारतमा कोरोना संक्रमणको दर बढेको र त्यसको प्रभाव नेपालमा पर्न सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको हो । प्रशासनद्वारा जारी सूचनामा होलीलगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भिडभाड वा जुलुस गर्न नपाइने, सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ ।

गड्डाचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ देखि बेलुका ८ बजेसम्म खुला राखिएको छ । अत्यावश्यकबाहेकका व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगायतका सेवा बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र गर्न आदेश जारी गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.