आज नेप्सेमा हरीयाली : नेप्से दोहोरो अङ्कले बृद्धी
११ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार) दोहोरो अंकले बढेको छ ।
नेप्सेका अनुसार आज नेप्से ४१.३६ अंकले बढेर दुई हजार पाँच सय ७० दशमलब ३१ विन्दुमा पुगेको छ भने आज ६ अर्ब ६७ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका एउटा समूहमध्ये हाइड्रोपावर बाहेक अन्यसबै समूहमा हरियाली छाएको छ । आज ९ कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।
नेप्सेका अनुसार आज सर्वाधिक मूल्य बृद्धि हुने कम्पनीहरुमा साल्ट ट्रेडिङ कर्पोरेशन, हाइड्रोइलोक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, चन्द्रागीरी हिल्स, आरएसडीसी लघुवित्त वित्तिय संस्था, माउन्टेन हाइड्रो नेपाल, कालीका पावर कम्पनी, सिभिल लघुवित्त वित्तिय संस्था, इनफाइन्ट्रक्चर डेभलपमेन्ट बैंक र वोमी माइक्रोफाइनान्स वित्तिय संस्थथा रहेको छ ।