नबिलकाे ‘नबिल आई कार्ड’
११ चैत, काठमाडौं । नबिल बैंकले यूएस डलर नबिल आईकार्ड ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नयाँ व्यवस्था गरेको हो ।
अब बैंकमा खाता भएका ग्राहकले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको ई–कमर्स साइटमार्फत अनलाइन सपिङ गरी विश्वभर (भारतबाहेक) भुक्तानी गर्न सक्नेछन् । यो कार्ड लिन ग्राहकहरुको खातासँगै प्यान कार्ड अनिवार्य छ ।
ग्राहकले एकैपटक वा पटक-पटक गरी एक वर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्रा कार्डमा राख्न सक्छन् ।