Advertisement

अन्तरकलेज खो खो हुने

0 1,818

Advertisement


१० चैत, काठमाडौं । काठमाडौं जिल्ला खो खो संघ र कीर्तिपुर नगरपालिका वडा १० कार्यालयको संयुक्त आयोजनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तरकलेज खो खो प्रतियोगिता चैत २० गतेदेखि हुने भएको छ ।


प्रतियोगितामा छात्र÷छात्रामा समान ५–५ गरी १० टिमको सहभागिता रहने मंगलबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले जानकारी दिए ।


दुवै समूहमा सहभागीले पहिले एक आपसमा राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने छन् ।
दुईदिने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा हुने छ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोको प्रतिस्पर्धा उक्त कभर्डहलमा भएको थियो । १३ औं सागमा नेपालले महिलामा रजत र पुरुषमा कांस्य पदक जितेको थियो ।


२०४६ सालको जन आन्दोलनको क्रममा चैत २० गते मृत्युवरण गरेका शहिद राजेन्द्र महर्जन, राजमान माली, हीराकाजी महर्जन र लनबहादुर महर्जनको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल खो खो संघको प्राविधिक सहयोग रहने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.