Advertisement

अवैध लागूऔषध सहित पक्राउ

0 282

Advertisement

१० चैत, काठमाडौं । उदयपुर, चौदण्डीगढी नगरपालिका-४ रामपुरबाट करिब ३ ग्राम ३८ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, ७ बोतल कोरेक्स र ५० ग्राम अवैध लागूऔषध गाँजा सहित त्रियुगा नगरपालिका-१३ बस्ने ३० वर्षीय खगेन्द्र राई लगायत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरुको साथबाट उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

साथै बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६० ट्याब्लेट र १ हजार ट्याब्लेट ट्रामबेल सहित रोल्पा भाडी गाउँपालिका-६ कोचोवाङ बस्ने २५ वर्षीय नरेश बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज बाँके र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


बारा, जितपुरसिमरा उपमहानगरपालिका-७ टेढास्थित सडकबाट करिब २० केजी अवैध लागूऔषध गाँजा सहित पर्सा सुगौली पटेर्वा बस्ने ३६ वर्षीया प्रमिला मुसहरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।


यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.