Advertisement

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ आवेदन दिने आज अन्तिम दिन

0 345

Advertisement

१० चैत, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत ६ गते, शुक्रबारदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर अर्थात आईपीओमा आवेदन दिने आज (चैत १० गते) अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकि रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ।

सो आईपीओमा आइतबार साँझ सम्ममा ५.११ गुणा भन्दा धेरै आवेदन परिसकेको छ।

बिक्री प्रवन्धक मेगा क्यापिटलको अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आइपीओमा ८ लाख ७० हजार ४०९ जना आवेदकबाट ८ लाख ७९ हजार ७१० जना आवेदकबाट १ करोड ३८ लाख ११ हजार ६४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.