सुन तोलामा ३ सय रुपैयाँले घट्यो
१० चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ८७ हजारमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार २५० रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य १२५० रहेको महासंघले जनाएको छ ।