Advertisement

जाभी जर्मन क्लबको प्रशिक्षक बन्ने!

0 1,166

Advertisement

१० चैत, एजेन्सी । स्पेनिस पुर्व मिडफिल्डर जाभी अलन्सो जर्मन बुन्डेसलिगा क्लब बोरुसिया मोन्चेनग्लाडवाकको प्रशिक्षक बन्ने भएका छन् । उनले आउदो समरसँगै मोन्चेनग्लाडवाकको प्रशिक्षण भार सम्हाल्ने जर्मन सञ्चार माध्यम विल्ड रिपोर्टले जनाएको छ

मोन्चेनग्लाडवाकको हालको प्रशिक्षकमा मार्काे रोस रहेका छन् । बोरुसिया डर्टमुन्डले आउदो समरसँगै लुसियन फाब्रेको स्थानमा मार्काे रोसलाई प्रशिक्षक बनाउने योजना अघि सारिसकेको छ ।

३९ वर्षीय अलन्सो हाल स्पेनिस क्लब रियल सोसिडाडको ‘बी’ टिमको प्रशिक्षक रहेका छन् । स्पेनिस क्लब रियल म्याड्रिड, इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब बायर्न म्युनिखका पुर्व मिडफिल्डर अलन्सोको प्रशिक्षणमा रियल सोसिडाडको ‘बी’ टोलीले उच्च प्रदर्शन गरिरहेका छन् ।

मोन्चेनग्लाडवाकले पछिल्लो १० मध्ये ८ खेल गुमाएको थियो । पछिल्लोपटक च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित हुदै बाहिरिएको मोन्चेनग्लाडवाकले बुन्डेसलिगामा साल्केलाई ३–० ले पराजित गरेको थियो ।

अलन्सोले २०१७ मा बायर्न म्युनिखबाट व्यवसायिक फुटबलबाट सन्यास लिदै प्रशिक्षण करियरमा होमिएका थिए । उनी रियल म्याड्रिडको युथ टिमको प्रशिक्षक बनेका थिए । त्यसपछि उनी सोसिडाड पुगेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.