Advertisement

हिमालमा घट्दै छ हिउँ

0 309

Advertisement

१० चैत, काठमाडौँ । ‘समुद्र, जलवायु र मौसम’ भन्ने नाराका साथ मार्च २३ अर्थात् मङ्गलबार विश्व मौसम दिवस मनाइँदै छ । यस दिवसका अवसरमा यी तीनको अन्तरसम्बन्ध खोजिने जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ वैज्ञानिक डा. मदनलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हरित गृह ग्यासको अधिक कटौतीका कारण विश्वमा तापक्रम बढ्दै गएको छ ।

सन् १८५०–१९०० को तापक्रम वृद्धिको मापदण्डअनुसार विश्वव्यापी रूपमै सन् २०२० एक तातो वर्ष बनेको विश्व मौसम सङ्गठनले जनाएको छ । पहिलेको तापक्रम बढोत्तरीका आधारमा अन्य वर्षभन्दा यस वर्ष विभिन्न भूभागमा गरेर ०.१ देखि १.२ डिग्री सेन्टिग्रेडसम्म तापक्रम वृद्धि भएको अनुमान गरिएको छ ।

समुद्रको जलवाष्प नउडेसम्म पानी पर्दैन, पानी नपरे विश्व जलवायुमा सीधै असर पर्छ । यसकारण मौसममा परिवर्तन आएर मानव जीवन प्रभावित हुने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल बताउनुहुन्छ । कँडेलले भन्नुभयो, “विश्वको जलवायु परिवर्तन र प्रदूषणका कारण ओजन तहको विनाश, हिमालमा हिउँको कमी, समुद्री सतहको वृद्धिजस्ता प्रत्यक्ष असर परेको छ ।”

जलवायुको कुनै सिमाना हुन्न । त्यसैले विश्वव्यापी मौसमको अवस्था बुझ्नकै लागि सन् १९५० मा विश्व मौसम सङ्गठन स्थापना भयो । सन् १९६६ मा नेपाल त्यसको सदस्य बनेपछि औपचारिक रूपमा मौसमको जानकारी दिने र अनुगमन गर्ने काम सुरु भयो । मौसम दिवस भने सन् १९६१ मार्च २३ देखि मनाउन थालिएको हो । नेपाल सङ्गठनको सदस्य बनेलगत्तै मापन केन्द्रहरू स्थापना गरिए ।

हाल नेपालमा जलमापनका ८ र मौसमी जानकारी दिने ७० वटा केन्द्र छन् । अनि विभिन्न प्राकृतिक विपत्ति र हवाई उडान व्यवस्थित गर्न पूर्वसूचना दिन थालिएको विभागले जनाएको छ । उच्च प्रविधियुक्त प्रविधि, दक्ष जनशक्ति र मर्मत सम्भारको चुनौती नेपालले खेपिरहेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.