Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

माधवकुमार नेपालसहित चार नेतालाई थमायो एमालेले स्पष्टीकरण पत्र

0 98

०९ चैत, काठमाडौं । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताहरुलाई स्पष्टीकरण पत्र थमाइएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले सोमबार चारै जना नेताहरुलाई स्पष्टीकरण सोधिएको पत्र थमाइएको हो ।

‘बैठकको निर्णयअनुसार चारै जना नेताहरुका स्वकीय सचिवमार्फत पत्र दिइएको छ’, रिजालले रातोपाटीलाई बताए । शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यसैबीच नेता भीम रावलले भने आफू समक्ष स्पष्टीकरण पत्र आइनपुगेको बताए । ‘खै कसलाई थमाए मलाई त थाहा भएन, मकहाँ आइपुगेको छैन’, रावलको भनाइ छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.