Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

क्यान इन्फोटेक वैशाखमा

0 113

०८ चैत, काठमाडौं । यस वर्षको क्यान इन्फोटेक २०७८ वैशाख २८ गतेदेखि हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघले) आइतबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो । मेला वैशाख २८ देखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

कोभिड महामारीका कारण यस वर्ष गत वर्षहरुमा भन्दा झन्डै ३ महिना ढिलो गरी मेला आयोजना हुन लागेको हो ।

कोभिड महामारीको जोखिम कम भई नसकेकाले मेलामा स्वास्थ्य सतर्कतामा सम्पूर्ण मापदण्डलाई पालना गरिने आयोजकले जनाएका छन् ।

क्यान मेला प्रवेश टिकटलाई यस वर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधरणका लागि एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा नि:शुल्क प्रवेश दिइने आयोजकले जनाएको छ । यस वर्ष पनि झन्डै तीन लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

नेपालमा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिक रुपमा आयोजना हुँदै आएको क्यान इन्फोटेकको यो २७औं संस्करण हो । क्यानले विगत २० वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना प्रविधि सम्मेलन पनि गर्दै आएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.