Advertisement

इंग्ल्यान्डविरूद्धको टी-ट्वान्टी सिरिज भारतलाई

0 367

Advertisement

०८ चैत्र, काठमाडौँ । पाहुना टोली इंग्ल्यान्डविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।

अहमदाबादमा शनिबार भएको अन्तिम तथा पाँचौं खेलमा इंग्ल्यान्डमाथि ३६ रनको जित निकाल्दै भारतले सिरिज ३-२ ले जितेको हो ।

भारतले दिएको २ सय २५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाउन सक्यो ।

डाविड मालन र जोस बटलरले अर्धशतकीय इनिङ्स खेले पनि इंग्ल्यान्डलाई जित दिलाउन सकेनन् ।

मालन ६८ रन जोड्दा आउट भए भने बटलर ५२ रनमा आउट भए । यस्तै जासन रोय सुन्य रनमा आउट हुँदा जोनी बेयर्स्टोले ७ रन बनाए ।

बेन स्टोक्सले १४ रन जोड्दा क्रिस जोर्डन ११ रन बनाएर आउट भए । कप्तान इयान मोर्गन र जोफ्रा आर्चर १/१ रनमा आउट भए । साम करण १४ रनमा अविजित रहे ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न शार्दुल ठाकुरले ३ विकेट लिए । भुवनेश्वर कुमारले २ तथा हार्दिक पाण्डय र टी नटराजनले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो ।

भारतका लागि कप्तान विराट कोहलीले अविजित रहदै ८० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । हार्दिक पाण्डय ३९ रनमा अविजित रहदा सुर्य कुमार यादवले ३२ रन बनाए ।

इंग्ल्यान्डका आदील खान र बेन स्टोक्सले १/१ विकेट लिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.