Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

वेट नै नभएकासँग के स्पष्टीकरण सोध्नु ? – प्रधानमन्त्री ओली

0 475

०७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको शनिबार बालुवाटारमा बसेको बैठकमा केही नेतालाई कारबाही गर्ने कुरा उठ्यो । बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गर्‍यो ।

पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेको भन्दै नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार सोही क्रममा नेतृद्वय अष्टलक्ष्मी शाक्य र रामकुमारी झाँक्रीलाई पनि स्पष्टीकरण सोध्नुपर्ने कुरा उठ्यो । तर, ओलीले इन्कार गरे ।

Subscribe to our newsletter

ती नेताका अनुसार शाक्य र झाँक्रीको प्रसंगमा प्रधानमन्त्री ओलीले भने, “वेट नै नभएकासँग के स्पष्टीकरण सोध्नु ?”

शनिबारको केन्द्रीय कमिटी बैठकले विभिन्न निर्णयहरु गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.