Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

मनाङमा मालबाहक ट्रक दुर्घटना हुँदा ३ को मृत्यु, ५ जना घाइते

0 497

०७ चैत, मनाङ । हिमाली मनाङको नासो गाउँपालिकामा एक मालबाहक ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

ट्रक दुर्घटनामा परि गम्भीर घाइते भएका चालकसहित ५ जनालाई उपचारका लागि लमजुङको वेशीशहर पु¥याइएको छ ।

खाद्य वस्तुलगायतका सामग्री बोेकेर लमजुङको बेशीशहरदेखि मनाङ सदरमुकाम जाँदै गरेको ध १ ख ५९२ नम्बर ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

Subscribe to our newsletter

मनाङको नासो गाउँपालिकास्थित वडा नम्बर ३ खत्रोपाखामा दुर्घटनामा पर्दा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ, भने ट्रक चालकसहित ५ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा ३६ बर्षीय डोलकाजी गुरुङ, ३० बर्षीया मनिषा गुरुङ र ६ बर्षीया रियान गुरुङ रहेका छन् । चालकसहित गम्भीर घाइते ५ जनलाई उपचारार्थ वेशीशहर पु¥याइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.