Advertisement

राप्ती नदीमा जलयात्रा सञ्चालनको तयारी

0 578

Advertisement

०७ चैत, बाँके । बाँकेमा पर्यटन प्रवद्र्धनका लागि राप्ती नदीमा जलयात्रा सञ्चालन गर्ने तयारी भएको छ ।

राप्तीसोनारी गाउँपालिका अगैयास्थित सिक्टा सिँचाइ आयोजनाको बाँधदेखि सिधनिया घाटसम्म व्यावसायिकरूपमा जलयात्रा सञ्चालन गर्ने तयारी भएको पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अगैयादेखि डुडुवा गाउँपालिकाको कम्दीस्थित सिधनिया घाटसम्म जलयात्रा सञ्चालन गरिने छ । यसका लागि नेपाल टुर एण्ड ट्राभल एसोसिएसन (नाट्टा) बाँके र राप्तीसोनारी गाउँपालिकाबीच समन्वयात्मक छलफल अघि बढेको छ ।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, ¥याफ्टिङ एसोसिएसनका महासचिव शिशिर खनाल, पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष श्रेष्ठ र हान बाँकेका सदस्य अनिल झासहितको पर्यटन व्यवसायीको टोलीले राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुसँग भेटघाटसमेत गरेको छ ।

उक्त टोलीले गाउँपालिकासँग सो क्षेत्रमा जलयात्राको सम्भाव्यता अध्ययनका लागि सहयोग मागेको र गाउँपालिका अध्यक्ष थारुले जलयात्रा सुरु गर्न सघाउने प्रतिबद्धता जनाए । अध्यक्ष थारुले राप्ती नदीमा जलयात्रा गराउन सकिने भन्दै यसका लागि गाउँपालिकाले समेत योजना बनाएको बताए ।

उनका अनुसार राप्ती नदीमा जलयात्रा सञ्चालनको सम्भाव्यता र विकासका लागि गाउँपालिकाबाट केही बजेटसमेत विनियोजन गरिएको छ । जलयात्राको सम्भाव्यता र विकासका लागि प्राविधक टोली केही दिनभित्रै काठमाडौँबाट आउने छ ।

नाट्टा बाँकेका अध्यक्ष सिग्देलले जिल्लामा पर्यटन प्रवद्र्धनका लागि सम्भाव्यता बोकेका क्षेत्रको विकास र प्रवद्र्धन गर्न राप्ती नदीमा जलयात्राको प्रयास अघि सारिएको जानकारी दिए । उनले यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि नेपालगञ्जदेखि ठाकुरद्वारा पर्यटन बस, नेपालगञ्जदेखि सोझो पोखरा उडान तथा बाँकेको नरैनापुरस्थित बर्फानी बाबास्थलमा हेलिकप्टरबाट अवलोकनलगायतका गतिविधि गरिएको बताए ।

रासस



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.